काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २,५८४ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सागर डिष्टिलरीको ८ करोड ५३ लाखको शेयर कारोबार भएको छ । सीएचडीसीको ७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् । गराँस लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । सयपत्रि हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।


















