IME Life New

बीमा प्राधिकरणका कर्मचारीहरुको आन्दोलन जारी, माग पूरा हुनेमा आशावादी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारी विगत एक सातादेखि आन्दोलन जारी राखेका छन्। आफ्ना सातबुँदे माग सम्बोधन नभएको भन्दै उनीहरुले पुस १ देखि पहिलो चरणको आन्दोलन जारी राखेका हुन्।

माग सम्बोधन गर्न गत माघ १ गते दिएको २१ दिने समय र पुनः मंसिर २१ गते ७ दिने अल्टिमेटम दिँदासमेत समस्या समाधान नभएपछि नेपाल बीमा प्राधिकरण कर्मचारी युनियन र कर्मचारी संगठन संयुक्त आयोजनामा आन्दोलन सुरु भएको हो। उनीहरुले कार्यालयमा कालो ब्यानर टाँगेर हातमा कालोपट्टी बाँधेर १ घन्टा पेनडाउन गर्दै आएका छन्।

Esewa
Crest

कर्मचारीको वृत्ति विकास क्षमता विकास नयाँ अवसरको सिर्जना पदपूर्तिद्वारा बढुवा, सरुवा, तालिम, सेवा–सुविधालगायतका विषयमा कर्मचारीले गत मंसिर १ गते र मंसिर १२ गते लिखित माग पेस गरेका थिए। युनियनको माग सम्बन्धमा २१ दिनसम्म पनि व्यवस्थापन पक्षबाट कुनै पहल नभएपछि हुँदा सातदिने अल्टिमेटम जारी गर्दै मंसिर २८ गतेदेखि क्रमबद्ध रुपमा हड्ताल सुरु गर्ने चेतावनी दिइएको थियो।

पछिल्लो समय प्राधिकरणका अध्यक्ष जनकराज शर्माले कर्मचारीका मागका विषयमा अर्थ मन्त्रालयमा पहल गरिरहेकोले आफ्ना माग पूरा हुनेमा आफूहरु आशावादी रहेको कर्मचारीहरु बताउँछन्। ‘उहाँ सकारात्मक ढंगले हाम्रा पक्षमा पहल गरिरहनुभएको छ’, कर्मचारी युनियनमा आबद्ध एक कर्मचारीले भने, ‘अर्थ मन्त्रालयले छिट्टै समस्या समाधान गर्नेमा हामी आशावादी छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS