काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।
यो लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















