IME Life New

डिप्रोक्स लघुवित्तको साधारणसभा पुस २८ मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहास्थित होटल सेभेनमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभाले अन्य उपयुक्त लघुवित्त संस्था मर्जर वा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS