IME Life New

आजबाट रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आज पुस ७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीलाई सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ। बुक बिल्डिङ विधिबाट निष्कासन हुन लागेको यो आइपीओमा सर्वसाधारणले प्रतिकित्ता ८२०.८० रुपैयाँ तिर्नुपर्नेछ।

Esewa
Crest

यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बैंकिङ समयपछि हुनेछ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS