IME Life New

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि बीमा प्राधिकरणले गर्यो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी करिब एक दर्जन व्यक्तिमाथि कारबाही गरेको छ।

प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो। ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

Esewa
Crest

कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन्। शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए।

यसैगरी प्राधिकरणले संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना शर्मालाई पनि परीक्षामा अनियमितता गरेको भन्दै कारबाही गरेको छ। यी तीनैजना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए।

कारबाहीमा पर्ने अन्यमा कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन्। थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए।

प्राधिकरणले भक्तपुर सूर्यविनायकका विवेक बिष्ट र कास्की रुपाका मन्दीप सुवेदीलाई पनि परीक्षामा अनियमितता गरेको भन्दै कारबाही गरेको छ। यी दुवैजनालाई एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए।

कारबाहीमा परेका सबैलाई ३ महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS