IME Life New

क्रम्प्टनले सुरु गर्यो अल्टिमेट विंटर ब्रेकः इसीसी टि ट्वान्टी विश्वकपमा नेपालको खेल हेर्ने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रम्प्टनले यस चिसो याममा ग्राहकहरूका लागि रोमाञ्चको नयाँ आयोजना लिएर आएको छ। द अल्टिमेट विंटर ब्रेक अभियान अन्तर्गत अब ग्राहकहरूले क्रम्प्टनको उत्पादन खरिद गर्दै मुम्बईको वानखेडे स्टेडियममा आइसीसी टि २० विश्वकप २०२६ को नेपाली टिमको खेल प्रत्यक्ष हेर्न पाउने ठूलो अवसर पाउनेछन्।

यो पहलले जाडोको दिनहरूलाई क्रिकेटको जोश र यात्राको रोमाञ्चले भरिपूर्ण बनाउने लक्ष्य राखेको छ। क्रम्प्टनले घरेलु आराम दिने र ग्राहकलाई अविस्मरणीय जीवनानुभव दिन यो अभियान सुरु गरेको हो।

Esewa
Crest

पुरस्कारः मुम्बईको ५ दिने रोमाञ्चक यात्रा, यस अभियानको विजेताले आफ्ना लागि मुम्बईको पाँच दिने सम्पूर्ण यात्रा प्याकेज जित्नेछन्। यसको सबैभन्दा आकर्षक पक्ष भनेको वानखेडे स्टेडियमको दर्शक दर्गामा बसेर विश्वकपको जोशिलो वातावरणमा नेपालको खेल हेर्न अनमोल अवसर हो।

यो लकीड्रमा सहभागी हुन क्रम्प्टनको कुनै पनि उत्पादन खरिद गरेपछि, दिइएको वारेन्टी कार्डको जानकारी प्रयोग गरेर एसएमएस गर्नुहोस्स् Crompton [space] वारेन्टी कार्ड नं [space] उत्पादनको नाम [space] ग्राहकको नाम [space] ठेगाना ३१००३ मा पठाउनुहोस्।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। सबै नियम र शर्तहरू लागू हुनेछन्।

क्रम्प्टन दक्ष र विश्वसनीय घरेलु उपकरणहरूको ब्रान्ड हो जसले नेपाली परिवारहरूको दैनिक जीवन सहज बनाउन दिगो सेवा दिँदै आएको छ। नेपालमा उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरणको अग्रणी वितरक, सिजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS