IME Life New

सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । गत वर्ष बैकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात बैकको वित्तीय अवस्थामा सुधार देखिएको हो ।
बैंकको गत आ.ब. २०८०/०८१ को तुलनामा आ.ब. २०८१/८२ को वित्तीय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी गत वर्ष रु. ५.४६ रहेकोमा यस वर्ष रु. ३१.७६ रहेको छ । त्यसैगरि बैकको प्रतिशेयर नेटवर्थ गत आ.ब. मा रु. ६३.५० रहेकोमा आषाढ मसान्त २०८२ मा बढेर प्रति शेयर नेटवर्थ रु. ९७.२४ पुगेको छ ।
विशेषत निष्कृय कर्जाको असुलीमा भएको उल्लेखनीय सुधारको कारणले बैकको वित्तिय सुचकहरुमा प्रगति भएको देखिन्छ । बैकको निष्कृय कर्जाको अनुपात पनि गत आ.ब.मा १०.६३ प्रतिशत रहेकोमा आषाढ मसान्त २०८२ मा घटेर ६.०८ प्रतिशत मात्र रहेको छ । साथै आषाढ मसान्त २०८२ मा बैकको पुँजीकोष अनुपात मजबुत भई १३.०७ प्रतिशत पुगेको छ ।
विगतमा पुँजीकोष अनुपात ६ प्रतिशतको हाराहारीमा रहेको कारणले केन्द्रिय बैकले सिघ्र सुधारात्मक कारवाही गरेकोमा हाल पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि रहेकोले छिट्टै सिघ्र सुधारात्मक कारवाही हट्ने विश्वास बैकले लिएको छ । बैकले आ.ब. २०८१/८२ को वित्तिय विवरणहरु वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको स्वीकृतिको लागि नेपाल राष्ट्र बैकमा पेश गरिसकेको जनाएको छ । नेटवर्थमा उल्लेख्य सुधार भएतापनि विगत वर्षहरुको संचित नोक्सानीको कारणले यस वर्ष बैकले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
हाल प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा आफ्नो २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टर मार्फत करिब डेढ लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS