IME Life New

जेनजी आन्दोलनः भौतिक क्षतिको कुन कम्पनीले हालसम्म कति गरे बीमा दाबी भुक्तानी ? (सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट क्षतिग्रस्त भौतिकको हालसम्म बीमा कम्पनीहरुमा २३ अर्ब ४४ करोड रुपैयाँ बढीको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १ गतेसम्म तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ हजार ३०४ वटा दाबीको २३ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म कम्पनीहरुले ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

Crest

हालसम्म सबैभन्दा बढी बीमा दाबी रकम भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४०८ वटा दाबीको ५ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म १ करोड ८८ लाख ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी दोस्रो धेरै बीमा दाबी रकम भुक्तानी गर्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। यो कम्पनी हालसम्म १ अर्ब ३ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ। हालसम्म यो कम्पनीमा २२० वटा दाबीको २ अर्ब ८३ करोड १५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

शिखर इन्स्योरेन्स धेरै बीमा दाबी रकम भुक्तानी गर्ने तेस्रो कम्पनी हो। यो कम्पनीले ४४८ वटा दाबीको २ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ७१ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

हालसम्म कुन कम्पनीबाट कति भुक्तानी ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS