IME Life New

बीमकको स्थिर सम्पत्ति खरिद-बिक्रीसम्बन्धी निर्देशनमा के-के छन् मुख्य व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको स्थिर सम्पत्ति खरिद प्रक्रियालाई पारदर्शी बनाउन २०८१ पुस २४ गते स्थिर सम्पत्ति खरिदसम्बन्धी निर्देशिका जारी गर्यो। यो निर्देशिकाले बीमकले स्थिर सम्पत्ति (घर–जग्गा) खरिद गर्दा अपनाउनुपर्ने प्रक्रिया स्पष्ट पारेको छ।

यसअघि बीमकले २०६९ सालमा प्राधिकरणबाट जारी गरिएको परिपत्रका आधारमा स्थिर सम्पत्ति खरिद गर्दै आएका थिए । यो परिपत्र स्थिर सम्पत्ति खरिद प्रक्रियाभन्दा पनि पूर्वस्वीकृतिका लागि आवश्यक पर्ने कागजपत्रसँग सम्बन्धित थियो।निर्देशिकाले खरिदपूर्व सैद्धान्तिक स्वीकृति र अन्तिम स्वीकृतिको व्यवस्था गरेको छ। खरिदपूर्व नै पूरा गर्नुपर्ने प्रत्रिया, खरिदको दौरानमा र खरिदपछि पूरा गर्नुपर्ने प्रक्रियाबारे पनि प्रावधान समेटिएको छ।

Esewa
Crest

यो निर्देशनमा सबैभन्दा उल्लेख्य विषय भनेको बीमकको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतको वित्तीय स्वार्थ भए नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान हो। यसले वित्तीय स्वार्थको द्वन्द्व नियन्त्रण गर्न मद्दत गर्नेछ।

प्रमुख विशेषताहरु

  • बीमकले कार्यालय प्रयोजन, व्यावसायिक प्रयोजन र कार्यालय तथा व्यावसायिक प्रयोजनका लागि घर–जग्गा खरिद वा निर्माण गर्न सक्ने,
  • बीमकले घर–जग्गा खरिद तथा निर्माण गर्नुपूर्व प्राधिकरणसमक्ष सुरुमा सैद्धान्तिक स्वीकृति र त्यसपछि अन्तिम स्वीकृतिका लागि तोकिएका वितरण तथा कागजातसहित निवेदन दिनुपर्ने,
  • प्राधिकरणले बीमकबाट प्राप्त निवेदन र संलग्न कागजातको जाँचबुझ गरी कुनै सर्त तोकी वा नतोकी अन्तिम स्वीकृति दिन सक्ने,
  • बीमकले तोकिएको सीमाभित्र रही स्थिर सम्पत्ति खरिद वा निर्माण गर्नुपर्ने,
  • बीमकले आफ्नो स्वामित्वमा रहेका घर–जग्गा बिक्री गर्दा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने र घर–जग्गा बिक्री भएको मितिले १५ दिनभित्र प्राधिकरणलाई जानकारी दिनुपर्ने,
  • बीमकले आफ्नो खरिद तथा आर्थिक प्रशासन विनियमावलीमा स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री गर्नेसम्बन्धी स्पष्ट व्यवस्था गर्नुपर्ने,
  • बीमकले स्थिर सम्पत्ति खरिद वा निर्माण गर्दा आफ्नो व्यवसायको आकार, प्रकृति, जोखिम प्रोफाइल र सञ्चालन जटिलता एवं कारोवारको विशिष्टताका आधारमा तरलता व्यवस्थापन सुनिश्चित गर्नुपर्ने,
  • बीमकले वित्तीय स्वार्थ रहेको व्यक्ति, फर्म, संस्था वा साझेदारसँग घर–जग्गा खरिद, निर्माण वा बिक्री गर्न नपाउने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS