काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव ६६ अंकले घटेर २,६१५ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।


















