काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ६६ अंकले घटेर २,६१५ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीको शेयर करोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

















