IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि पुस ४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

Esewa
Crest

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ जनवरी १ देखि २०२७ जनवरी १ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS