काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ७० अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।













