IME Life New

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ७० अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १३ करोड ७६ लाखको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS