काठमाडौं । आज नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर २,६१९ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।


















