काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ४ महिना कात्तिकसम्म बैंकहरुबाट प्रवाह हुने शेयर धितो कर्जा साढे ३५ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंकहरुबाट १ खर्ब ४६ अर्ब २२ करोड ४८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को कात्तिकसम्म बैंकहरुबाट १ खर्ब ७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट शेयर धितो कर्जा ३५.६८ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको कात्तिकसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ३ अर्ब ३ करोड ५८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष कात्तिकसम्म यो रेन्जको कर्जा ७१ अर्ब ३ करोड २५ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ४५.०५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष कात्तिकसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ७८ करोड ८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ४२ करोड १६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ५३ करोड ३० लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २०.९४ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६.५२ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने १३.५४ प्रतिशतले बढेको छ।

















