IME Life New

स्वावलम्बन लघुवित्तको साधारण सभा पुस २५ गते, लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते, शुक्रबार चौबीसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा लिसारा रिसेप्सन, नक्सालमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

साथै सभाले हाल कायम संस्थापक शेयरमध्ये ९ प्रतिशतविन्दुले हुन आउन संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले सञ्चालक समितिमा भएको स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धि जानकारी गराउने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि अनुमोदन गर्नेछ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

1765858811803

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS