काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ।
सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
1765855265682
















