IME Life New

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति सिबिफिनको कडा आपत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारी, प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा सो विषयको समुचित समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुग्दा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले निज कर्मचारीहरुलाई नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ घृणित र हिंस्रक व्यवहार गरेको घटनाप्रति सिबिफिनले कडा आपत्ति प्रकट गरेको छ।

आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिन कडा आपत्ति प्रकट गरेको हो ।

Esewa
Crest

घटनालाई अत्यन्त लज्जास्पद, पशुवत र अस्वीकार्य व्यवहार भएको भन्दै सिबिफिनले घोर भर्त्सना गरेको छ। निहित स्वार्थका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील क्षेत्रमाथि गरिएको यस्तो आक्रमणले कर्मचारीको मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने हुँदा दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।

सिबिफिनले भन्यो, ‘बैंकिङ क्षेत्रका कर्मचारीमाथि गरिएको आक्रमण केवल व्यक्तिगत वा संस्थागत मात्र नभई नेपाल सरकारमाथिको पनि प्रत्यक्ष चुनौती हो। बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र सम्पत्तिमा हानि पुर्‍याउने वा व्यवसायमा अवरोध सिर्जना गर्ने कुनै पनि प्रयास संवेदनशील रूपमा हेरिनुपर्छ।

सिबिफिनले बैंक तथा वित्तीय संस्था र कर्मचारीहरुको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न र बैंकिङ सेवालाई निर्वाध रुपमा संचालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश, स्थानीय सरकार, र गृह मन्त्रालयसहित जिम्मेवार सम्पूर्ण निकायहरुलाई अपील गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS