काठमाडौं । देशको वर्तमान आर्थिक अवस्था सुधारोन्मुख बन्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको आर्थिक वर्ष २०८२ /८३ को चार महिनाको तथ्याङले यस्तो देखाएको हो । यस समीक्षा अवधिमा रेमिट्यान्स बढ्नुका साथै विदेशी मुद्राको सञ्चिति बढेको छ।
प्रतिवेदनअनुसार विप्रेषण ३१.४ आप्रवाह प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह रु.१३३ अर्ब ८२ करोड रहेको छ ।
२०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा रु.३०५५ अर्ब ५२ करोड पुगेको छ ।
समीक्षा अवधिमा चालु खाता रु.२७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३१८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अ
२०८२ कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई रु.९३ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । यता, आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई रु.६०९ अर्ब ४५ करोड पुगेको छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Month-data-of-2082.83












