IME Life New

तोकिएको शेयरधारण सीमा कायम गर्न २०८७ असारसम्मको समयसीमा, नत्र कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको शेयरधारण सीमा कायम गर्न शेयरधनीहरुलाई करिब ५ वर्षको समय दिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै शेयरधारणको सीमा कायम समयसीमा निर्धारण गरेको हो।

हालको निर्देशनमा कुनै एक बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्दा चुक्तापुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्तापुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिनेछ। साथै, ‘घ’ वर्गको संस्थाको हकमा उपर्युक्तबमोजिमको सीमालाई क्रमशः २५ प्रतिशत र १० प्रतिशत कायम गरिएको छ। उल्लिखित लगानी सीमा नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापक भई लगानी गर्दा लागू हुने छैन।

Esewa
Crest

यसैगरी माथि उल्लिखित सीमाभन्दा बढी शेयरधारण गर्ने संस्थापक शेयरधनीहरुको हकमा तोकिएको सीमाभित्र नआएसम्म सम्बन्धित बंैक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश तथा बोनस शेयर रोक्का राखी सम्बन्धित संस्थाबाट जारी गरिने हकप्रद शेयरमा सहभागी हुन बन्देज लगाइएको छ। साथै, त्यस्तो बैंक तथा वित्तीय संस्थालाई गाभ्न वा गाभिन निर्देशन दिन सकिनेछ। तर, यस निर्देशनले सम्बन्धित शेयरधनीले चाहेको खण्डमा हकप्रद शेयर हक हस्तान्तरण गर्न भने बाधा पुर्याएको मानिने छैन।

यस निर्देशन जारी हुनुपूर्व उल्लिखित तोकिएको सीमाभन्दा बढी शेयरधारण गरेका शेयरधनीले २०८७ असार मसान्तसम्म ताकिएको सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्था संशोधित निर्देशनमा थप गरिएको छ। उक्त मितिपश्चात समेत सीमा कायम हुने नसकेमा निर्देशनमा भएको व्यवस्था कारबाही हुने राष्ट्र बैंकले प्रस्ट व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS