IME Life New

कहिलेसम्म शेयर किन्नले महालक्ष्मी विकास बैंकको लाभांश पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने पुस ६ गते अन्तिम दिन रहेको छ । लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ७ गते बुक क्लोज गर्ने निर्ण गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

बैंकले आफ्नो २४ औँ वार्षिक साधारणसभा पुस २१ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तपुँजीको कुल १०.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश (करसहित) छन्।

बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीमोजिम गर्ने अख्तियारी सञ्चालकलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सर्वसाधारणका तर्फबाट ३ जना र संस्थापकका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नुका साथै एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS