IME Life New

तीन वर्षमा जीवन बीमकको दाबी भुक्तानीसँगै भुक्तानी गर्न बाँकी रकम पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत तीन आर्थिक वर्षमा जीवन बीमा कम्पनीले बीमितलाई दिएको दाबी भुक्तानीवापतको रकम निरन्तर वृद्धि हुँदै गएको छ। जीवन बीमकले दिने भुक्तानी चेकको रकम बढ्दै जाँदा दिन बाँकी रकमको आकार पनि निरन्तर वृद्धि हुँदै गएको छ।

गत आर्थिक वर्ष २०८१।८२ मा जीवन बीमा कम्पनीबाट बीमितले ७८ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी पाए। यो रकम अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा ६५ अर्ब ४६ करोड रुपैयाँ थियो। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९।८० मा जीवन बीमकले ६० अर्ब २५ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेका थिए।

Esewa
Crest

दाबी भुक्तानी रकमको आँकडा आर्थिक वर्ष २०७९।८० बाट आर्थिक वर्ष २०८१।८२ सम्म आइपुग्दा ३०.६५ प्रतिशतले बढेको छ। यो तीन वर्षको अवधिमा दाबी भुक्तानीवापतको रकमको वार्षिक वृद्धिदर ९.३२ प्रतिशत रह्यो।

समीक्षा वर्षमा दाबी भुक्तानी संख्याको वृद्धि दर ५.४३ प्रतिशत दर्ज गरिएको छ। आर्थिक वर्ष २०७९।८० मा बीमा दाबी भुक्तानी संख्या २ लाख ५४ हजार ७ सय ९८ वटा रहेकोमा गत आर्थिक वर्ष २०८१।८२ मा यो संख्या २ लाख ९८ हजार ६ सय ६९ वटा पुग्यो।

बढ्यो भुक्तानी दिन बाँकी रकम

तीन वर्षको अवधिमा बीमितले जीवन बीमकबाट प्राप्त गर्न बाँकी दाबी भुक्तानीवापतको रकम पनि क्रमशः थपिंदै गएको छ। प्राधिकरणको वार्षिक प्रतिवेदनमा प्रकाशित तथ्यांक केलाउँदा बाँकी रकम वार्षिक १२.२४ प्रतिशतका दरले बढेको छ।

स्रोत: नेपाल बीमा प्राधिकरण

आर्थिक वर्ष २०७९।८० मा दाबी भुक्तानी बाँकी रकम ५ अर्ब ३१ करोड रुपैयाँ थियो । त्यस्तै आर्थिक वर्ष २०८०।८१ मा ५ अर्ब १२ करोड रुपैयाँ र गत आर्थिक वर्ष २०८१।८२ मा ७ अर्ब ५१ करोड रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकी रहेको छ।

स्रोत: नेपाल बीमा प्राधिकरण

यसबाहेक दाबी भुक्तानी संख्यामा पनि क्रमशः वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७९।८० मा ५१ हजार ९२९ वटा जीवन बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो आर्थिक वर्ष २०८०।८१ र गत आर्थिक वर्ष २०८१।८२ मा यो संख्या क्रमशः ५८ हजार १२५ र ६७ हजार ८३१ वटा पुगेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS