काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर तोलामा २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

















