काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९८ लाख १८ हजार १३०.१८ रुपैयाँको कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

















