IME Life New

वाणिज्य बैंकहरुले ४ महिनामा कमाए रु. १९.३७ अर्ब नाफा, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ४ महिना कात्तिकसम्म १९ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुको नाफा १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्ष २०८१।८२ को कात्तिकसम्म वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १३.११ प्रतिशतले घटेको छ।

Esewa
Crest

तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेको छ।

समीक्षा अवधिसम्म ग्लोबल आइएमई बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा १८.९१ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिसम्म नबिलले २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ८.३२ प्रतिशतले घटेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ। प्राइमले समीक्षा अवधिसम्म १ अर्ब ५८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा प्राइमले १ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्राइमको नाफा पनि २.४८ प्रतिशतले घटेको छ।

त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ र एनएमबि बैंकले १ अर्ब २७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले १ अर्ब ५० करोड ५३ लाख रुपैयाँ एनएमबिले १ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा ०.२७ प्रतिशतले बढ्दा एनएमबिको १३.९९ प्रतिशतले घटेको छ।

यसैगरी चालु आर्थिक वर्षको कात्तिकसम्म कुमारी बैंकले १ अर्ब १८ करोड २ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कुमारीले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कुमारीको नाफा २५.७९ प्रतिशतले घट्दा राष्ट्रिय वाणिज्य बैंकको १०५.२३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिटिजन्स रहेको छ। यो बैंकले १ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ९६.२५ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS