IME Life New

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार संस्थाले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार ६९६.०८ रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ६८ लाख २८ हजार ५६९.६१ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ९ करोड ३४ लाख १४ हजार २८४.८० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS