काठमाडौं । फर्स्टमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार संस्थाले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको कुल ६.५ प्रतिशतले हुन आउने ८ करोड ७४ लाख १६ हजार ६३६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

















