IME Life New

घोराही सिमेन्टको लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा दाङको घोराही–१४ भरतपुरमा रहेको होटल पौवामा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५२६३ प्रतिशत नगद लाभांश छन्।

कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ः०.७५ अनुपातमा अर्थात ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। बोनस शेयर र हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी ८ अर्ब ७९ करोड २७ लाख ९४ हजार ९७२.५० रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधान गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले कम्पनीको हाय कायम चुक्तापुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष२०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट सञ्चालकहरुको निर्वाचन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS