IME Life New

जेनजी आन्दोलन: करिब साढे २३ अर्बको भौतिक क्षतिको बीमा दाबी, हालसम्म १८.७१% मात्र भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा कुल ३ हजार ३०० वटा बीमा दाबीको करिब २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँ दाबी परेको छ।

कुल दाबीमध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी कम्पनीहरुबाट करिब ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ। जुन कुल दाबीको १८.७१ प्रतिशत मात्रै भुक्तानी हो।

Esewa
Crest

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरुबाट मंसिर १७ गतेसम्म प्राप्त अद्यावधिक तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा दाबीको १९ अर्ब ८८ लाख रुपैयाँमध्ये करिब ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ र मोटर बीमातर्फ २ हजार ३०८ वटा दाबीको ३ अर्ब ४७ करोड ५३ लाख रुपैयाँमध्ये १ अर्ब ८ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबीको ५५ करोड ५५ लाख रुपैयाँ दाबी रकममध्ये ६ करोड ८१ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६८ लाख रुपैयाँ दाबी रकममध्ये करिब ६६ लाख ३८ हजार रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा दाबीको करिब ३८ करोड ४० रुपैयाँ लाख दाबी रकममध्ये ४९ लाख ४५ रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS