IME Life New

सीएनआई र एसएसएफबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ)ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेका छन्।

सीएनआई सचिवालयमा सोमबार सीएनआई र एसएसएफले संयुक्त रुपमा आयोजना गरेको सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएका हुन् । यस सहकार्यअन्तर्गत सीएनआईले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमिकका दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको छ । समझदारीपत्रमा सीएनआईका तर्फबाट महानिर्देशक डा घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

कार्यक्रममा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्वपूर्ण भएको बताए। उनले उद्योगीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपुर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा सीएनआईका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष कल्याण कार्यक्रममात्र नभएर मानव पँजी विकासको मुख्य आधार रहेको बताए। उनले सीएनआईले यस्ता सचेतना तथा अन्तरक्रिया प्रदेशस्तरमा पनि बृहत रुपमा सञ्चालन गर्ने जानकारी दिए।

एसएसएफका कार्यकारी निर्देशक कविराज अधिकरीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधालाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा एसएसएफका पूर्वसञ्चालक समिति सदस्य तथा सीएनआईको रोजगारदाता परिषदका सभापति धुव्र रिजाल, एसएसएफका सञ्चालक समिति सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडालगायत अन्य आबद्ध महासंघका पदाधिकारी, एसएसएफका प्रतिनिधि, रोजगारदाता परिषदका सदस्य, उद्योगी व्यवसायी प्रतिनिधिलगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS