IME Life New

‘पत्रकारसँग आबद्ध गरेर बीमाको सचेतना गर्दा सकारात्मक सन्देश’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिताले जनतालाई सुसूचित गर्ने हुँदा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनामा बीमाको बारेमा सुसूचित गर्ने उद्देश्यले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र गरेका थिए। कार्यक्रमको प्रमुख आतिथिका रुपमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेल रहेका थिए भने अतिथिमा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष माधव प्रसाद बराल, निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल र निशा कास्कीका संयोजक बुद्धिराज अधिकारी रहेका थिए।

Esewa
Crest

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए। कार्यक्रमको प्रस्तुतीकण नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले दिएका थिए। कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणकीे सहायक निर्देशक कविता पाण्डेयले दिएकी थिइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारहरु र बीमकका गण्डकी प्रदेश प्रमुखहरु तथा शाखा प्रमुखहरुको समेत उपस्थिति थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्की शाखाको हलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष पौडेलले मूलधारमा काम गर्ने पत्रकारसँग आबद्ध गरेर बीमाको सचेतना गर्दा सकारात्मक सन्देश प्रवाह हुने र १० लिटर दूधबाट गाईको बीमा हुने सन्देश दिन पत्रकारिताले किसानसम्म पुर्याउन नसकेको यस प्रकारका कृषि बीमाका अनुदानका बारेमा जनतालाई सुसूचित गर्न उपस्थित पत्रकारलाई अनुरोध गरे।

मन्तव्यका क्रममा निशा कास्कीका संयोजक अधिकारीले बीमा गर्दा जति सम्पत्तिको रक्षावरणका लागि प्रस्ताव फाराममा हुन्छ, सोहीबमोजिमको दाबी प्राप्त हुने हुँदा जानकार भएर मात्र बीमा गर्नुपर्ने सन्देश प्रवाह गरिदिनका लगि पत्रकारहरुलाई अनुरोध गरे।

कार्यक्रमको समापनमा बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख मिश्रले यो कार्यक्रमले पत्रकारिताका माध्यमबाट आमसर्वसाधरण बीमाको भोक जगाउनेमा विश्वत रहेको भन्दै तथ्यपरक र बीमा सचेतनात्मक विषयबस्तुमा खोज पत्रकारिताका लागि अनुरोध गर्दै गण्डकी प्रदेशका कुना कन्तेरा केहि बीमाका समस्या भएमा नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सकिने हुँदा यस्ता विषयबस्तुमा समाचार सम्पादन गरी सहजीकरण गर्नका लागि अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS