IME Life New

बाढीपहिरोको क्षतिमा बीमा दाबी रु. ४ अर्ब नाघ्यो, हालसम्म कति भुक्तानी ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । देशका विभिन्न स्थानमा गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा परेका ७८१ वटा प्रारम्भिक बीमा दाबीको कुल करिब ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसमध्ये कम्पनीहरुले हालसम्मा करिब १ करोड ८७ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरिसकेका छन्।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट मंसिर १७ गतेसम्म प्राप्त अद्यावधिक जानकारीअनुसार निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४१० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४५ करोड ३४ लाख रुपैयाँमध्ये ८२ लाख ७४ हजार रुपैयाँ, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा दाबीको करिब ५० करोड ३७ लाख रुपैयाँमध्ये करिब १ लाख ९० हजार रुपैयाँ, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिब ४ करोड १३ लाख रुपैयाँमध्ये १३ लाख ४१ हजार र मोटर बीमा (निजी)तर्फ ४० वटा दाबीको करिब २ करोड ८२ लाख रुपैयाँमध्ये करिब ८७ लाख २७ हजार रुपैयाँ बीमितलाई भुक्तानी भएको देखिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

Crest

यसैगरी हालसम्म मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको १ करोड ८ लाख रुपैयाँ, लघु बीमातर्फ २ वटा दाबीको १२ लाख रुपैयाँ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको ९ लाख ८५ हजार रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ। त्यसमध्ये सामुद्रिक बीमातर्फ एउटा दाबीको २ लाख ६२ हजार रुपैयाँ भुक्तानी भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS