IME Life New

देशभरका भन्सार कार्यालय आजदेखि ठप्प,आयात-निर्यात प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भन्सार एजेन्ट महासंघको आह्वानमा आजदेखि देशभरका सबै भन्सार कार्यालय ठप्प भएका छन् । जसका कारण आयात र निर्यातका गतिविधि प्रभावित भएका छन्। महासंघले नयाँ भन्सार ऐनका प्रावधानलाई अन्यायपूर्ण भन्दै यसलाई सुधार गर्न दबाब दिँदै आएको थियो तर सरकारको असहयोगका कारण भन्सार जाँचपास प्रक्रिया अवरुद्ध गर्नुपर्ने अवस्था आएको भन्सार एजेन्ट महासंघले जनाएको छ ।

महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिएका छन् । खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको आपत्ति रहेको छ ।

Esewa
Crest

आन्दोलनको शुरुआत आइतबार वीरगञ्ज भन्सारबाट भएको थियो। कर्मचारीहरूको पेन डाउन आन्दोलनका कारण सोमबार भैरहवा भन्सार पूर्ण रूपमा बन्द रह्यो र मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा सेवाहरू स्थगित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS