IME Life New

भारतलाई अर्को झट्का दिँदै ट्रम्प, चामलमा ट्यारिफ लगाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्याारिफ मुद्दामा भारतलाई अर्को झट्का दिन सक्छन्। ट्रम्पले भारतीय चामलमा नयाँ ट्यारिफ लगाउने विचार गरिरहेका छन्।

ट्रम्पले आफ्ना किसानहरुको गुनासोको जवाफमा निर्णय गर्ने संकेत गरे। अमेरिकी किसानले गरेको डम्पिङको आरोपको बारेमा ट्रम्पले भने, ‘सरकारले धेरै देशले अमेरिकी बजारमा कम मूल्यको चामल डम्प गरिरहेको दाबीको अनुसन्धान गर्नेछ।’

Esewa
Crest

ब्लुमबर्गका अनुसार विशेष गरी क्यानेडियन मल र भारतीय चामल आयातलाई लक्षित गर्दै ट्रम्प प्रशासनले कृषि आयातमा नयाँ ट्यारिफ लगाउने विचार गर्नेछ। ट्रम्पले भने, ‘हाम्रा किसानले सस्ता विदेशी सामानले आफूहरुलाई हानि पुर्याइरहेको छ भन्ने गुनासो गर्छन्।’

ट्रम्पले अमेरिकी किसानका लागि १२ अर्ब डलरको बेलआउट प्याकेज घोषणा गरेका छन्। ट्रम्पले किसान प्रतिनिधिहरुलाई सिधै सोधे, ‘अर्को ट्यारिफका लागि कुन देशहरुलाई लक्षित गर्नुपर्छ ?’

जबाफमा केनेडी राइस मिलका सीईओ मेरिल केनेडीले भने, ‘भारत, थाइल्यान्ड र चीन सबैभन्दा महत्वपूर्ण नाम हुन्। शुल्कहरु काम गरिरहेका छन् तर हामीले तिनीहरुलाई दोब्बर गर्नुपर्छ।’

ट्रम्पले भने, ‘यो निश्चित रुपमा हुनेछ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS