काठमाडौं । रिज लाइन इनर्जीले आइपीओ अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मंसिर २२ गते यो कम्पनीलाई आइपीओ अनुमति दिएको हो।
धितोपत्र बोर्डको अनुमतिसँगै अब रिज लाइन इनर्जीले २६ करोड ७ लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ७ हजार कित्ता साधारण शेयर बिक्री खुला गर्नेछ। यो शेयर कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबरको हो।
हाल कम्पनीमा ८० प्रतिशतले हुन आउने ९२ करोड ४३ लाख रुपैयाँबराबरको संस्थापक शेयरधनीको लगानी रहेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

















