IME Life New

बजारमा आउँदैछ अर्को आइपीओ, यो कम्पनीले धितोपत्र बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिज लाइन इनर्जीले आइपीओ अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मंसिर २२ गते यो कम्पनीलाई आइपीओ अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब रिज लाइन इनर्जीले २६ करोड ७ लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ७ हजार कित्ता साधारण शेयर बिक्री खुला गर्नेछ। यो शेयर कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबरको हो।

Esewa
Crest

हाल कम्पनीमा ८० प्रतिशतले हुन आउने ९२ करोड ४३ लाख रुपैयाँबराबरको संस्थापक शेयरधनीको लगानी रहेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

57%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS