IME Life New

विश्वकै ठूलो अर्थतन्त्र संकटमा, टाट पल्टिए हजारौँ कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशलाई फेरि महान बनाउने वाचासहित दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरे। उनले विभिन्न देशमा भारी ट्यारिफ पनि लगाए। यसका बाबजुद विश्वकै ठैलो अर्थतन्त्र धेरै मोर्चामा संघर्ष गरिरहेको छ।

यस वर्ष अमेरिकामा वित्तीय रुपमा टाट पल्टिएको आवेदन दिने कम्पनीहरुको संख्या १५ वर्षको उच्चतम बिन्दुमा पुगेको छ। अहिलेसम्म ७०० भन्दा बढी ठूला र २ हजारभन्दा बढी साना कम्पनीले टाट पल्टिएको भन्दै आवेदन दिएका छन्।
गत वर्ष अमेरिकामा ६८७ ठूला कम्पनीले टाट पल्टिएको भन्दै आवेदन दिएका थिए। जब कि यस वर्ष नोभेम्बरसम्ममा यो संख्या ७१७ पुगेको छ।

Esewa
Crest

अमेरिकामा टाट पल्टिएको भन्दै आवेदन दिने कम्पनीको संख्यामा भएको बढोत्तरी यो लगातार तेस्रो वर्ष हो। यो संख्या सन् २०२२ को तुलनामा ९३% ले बढेको छ। नोभेम्बरमा ६२ ठूला कम्पनीले टाट पल्टिएको भन्दै आवेदन दिएका थिए। जुन अक्टोबरमा ६८ र सेप्टेम्बरमा ६६ थियो। यस वर्ष यो संख्या सन् २०११ देखि २०२४ सम्मको वार्षिक औसत भन्दा ३० प्रतिशत बढी छ।

अमेरिकामा टाट पल्टिएको कम्पनीको संख्याले देश मन्दीको चपेटामा परेको संकेत गर्छ।साना कम्पनी टाट पल्टिने दर गत वर्षभन्दा ८३ प्रतिशतले बढेको छ। यस वर्ष अहिलेसम्म २ हजा २२१ कम्पनीले सबच्याप्टर ५ अन्तर्गत टाट पल्टिएको आवेदन दिएका छन्। उच्च ऋण लागत, उपभोक्ता खर्चमा सावधानी र आर्थिक अनिश्चितताले साना कम्पनीको आम्दानीलाई असर गरेको छ। अमेरिकाका साना कम्पनी संघर्ष गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

23%
sad

दु :खी

0%
amazed

अचम्मित

5%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS