IME Life New

शेयर बजारमा झिनो गिरावट, उच्च कारोबार भएका र हाई रिटर्न दिने कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा झरेर बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा सर्वाधिक ०.६७ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ९९ वटा कम्पनीको शेयरभाउ बढ्दा १४७ वटाको घटेको छ। यो दिन १२ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन बजारमा चारवटा कम्पनीका शेयरधनीहरु मालामाल भएका छन्। अप्पर सांगे हाइड्रोपावरको शेयरभाउ १० प्रतिशतले बढ्दा स्वस्ति लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक कम्पनीको शेयरभाउ पनि १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ।

आज सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको शेयरभाउ ५ प्रतिशत बढीले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS