IME Life New

रिलायन्स स्पिनिङको आइपीओमा आजबाट आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आज मंसिर २२ गतेदेखि आइपीओ जारी गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर बिक्री गर्न लागेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२०.८० रुपैयाँ रहेको छ। यस हिसाबले लगानीकर्ताले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ।

Esewa
Crest

गत वर्ष माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री खुला गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। जसअनुसार माथिल्लो रेन्जमा नै कटअफ प्राइस तय भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२०.८० रुपैयाँ कायम भएको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS