IME Life New

दुई कम्पनीको ६ लाख बढी कित्ता शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ६ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीले कुमारी बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा रहेको आफ्नो स्वामित्वको कुल ६ लाख ८ हजार २०९ संस्थापक कित्ता शेयर बिक्रीमा राखेको हो। जसमा कुमारी बैंकको ५ लाख ३० हजार कित्ता र मेरो माइक्रोफाइनान्सको ७८ हजार २०९ कित्ता शेयर रहेका छन्।

Esewa
Crest

यी दुवै शेयरमा हाललाई कुमारी बैंक र मेरो माइक्रोफाइनान्सका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले दिइएको समयावधिमा कुमारी बैंकको शेयर खरिदका लागि काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय र मेरो माइक्रोफाइनान्सको शेयर खरिदका लागि काठमाडौंको सीतापाइलास्थित संस्थाको सम्पर्क कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन पेस नभएमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने दुवै संस्थाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS