IME Life New

माग सम्बोधन नभएपछि चरणबद्ध हड्तालमा उत्रिँदै बीमा प्राधिकरणका कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीले सातबुँदे माग सम्बोधन नभएको भन्दै आगामी आइतबारदेखि चरणबद्ध हड्ताल सुरु गर्ने भएका छन्। नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र संगठनले मंसिर २१ गते (आइतबार) सातदिने अल्टिमेटम जारी गर्दै हड्तालको चेतावनी दिएका हुन्।

दुवै संगठनका तर्फबाट संयुक्त रुपमा अघि सारिएको चारबुँदे माग सम्बोधनका लागि दिएको २१ दिने अवधिमा प्राधिकरण व्यवस्थापनले वार्ताको पहल नगरेपछि अन्तिम चेतावनी दिइएको संगठनका अध्यक्ष दिपक ज्ञवालीले जानकारी दिए। कर्मचारीको वृत्ति विकास क्षमता विकास नयाँ अवसरको सिर्जना पदपूर्तिद्वारा बढुवा, सरुवा, तालिम, सेवा–सुविधालगायतका विषयमा कर्मचारीले गत मंसिर १ गते र मंसिर १२ गते लिखित माग पेस गरेका थिए।

Esewa
Crest

युनियनको माग सम्बन्धमा २१ दिनसम्म पनि व्यवस्थापन पक्षबाट कुनै पहल नभएपछि हुँदा सातदिने अल्टिमेटम जारी गर्दै मंसिर २८ गतेदेखि क्रमबद्ध रुपमा हड्ताल सुरुगर्ने चेतावनी दिएको हो।

कर्मचारी युनियनका माग

कर्मचारी युनियनका अध्यक्ष प्रेम हरि पोखरेल र कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले संयुक्त रुपमा जारी गरेको सातदिने अल्मिटमेटमसहितको माग पत्रमा सातबुँदे मागप्रति व्यवस्थापन पक्षको ध्यानाकर्षण गराइएको छ।

  • प्राधिकरणले २०८२ जेठ १२ र १६ गते सञ्चालक समितिबाट स्वीकृत भई मन्त्रालय गएको सेवासुविधा तथा नयाँ दरबन्दी (नयाँ संरचना संगठन) संरचनासहितको प्रतिवेदन लागू गर्ने तथा पदपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने।
  • बीमा प्राविधिक विषय भएकाले माथिल्लो पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकताअनुसारको जनशक्ति उपलब्ध नहुने हुँदा कर्मचारी विनिमयावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा तथा कार्य सम्पादन मूल्यांकन प्रक्रियाबाट मात्रै पदपूर्ति गर्ने।
  • कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा निकट भविष्यमा यसले समस्या तथा विवाद गर्न सक्ने अवस्था भइसकेको हुँदा ती विवषयलाई समयमै समाधान गर्ने प्रदेश सरुवा तथा भौगोलिक अंगको व्यवस्थालाई समेत स्पष्ट पारी नीतिगत व्यवस्था गर्नुपर्ने।
  • कर्मचारीको सिक्ने अवसर क्षमता विकास कार्य वातावारण सुधार तथा कर्मचारीका गुनासा सुनुवाइ तथा मनोबल वृद्धिजस्ता कर्मचारी विनियमावलीमा भएको कर्मचारीसँग सम्बन्धित विषयमा तथा भविष्यमा कुनै पनि किसिमको विवाद सिर्जना हुन नदिनका लागि कर्मचारीको प्रतिनिधित्व हुने गरी सिफारिस समितिको आधारमा मात्र हुने व्यवस्था गर्नुपर्ने।
  • निर्देशक पदमा अधिकतम सेवा अवधि सीमाको व्यवस्था गर्नुपर्ने।
  • प्राधिकरणको उत्तराधिकारी योजना बनाई यथाशीघ्र लागू गर्न व्यवस्था मिलाउनुपर्ने।
  • प्राधिकरणको संस्थागत सुधार तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरका संस्थामार्फत रिइन्जिनियरिङ गर्नुपर्ने।

कर्मचारी युनियनले पाँच सदस्यीय सौदाबाजी समिति पनि गठन गरेको छ। समितिको सदस्यहरु प्रेमहरि पोखरेल, दिपक ज्ञवाली, अनुराग पाण्डे, सागर आचार्य र शिव प्रसाद खनाल छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS