IME Life New

दोहोरो अंकले घटेको बजारमा आज कुन कम्पनीको सर्वाधिक कारोबार अनि कसले दिए उच्च रिटर्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा बन्द भएको हो।

दोहोरो अंकले घटेको बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा गिरावट आएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.२२ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ४६ कम्पनीको शेयरभाउ बढेको छ भने २०४ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ८ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सागर डिस्टिलरीको ४३ करोड ६९ लाख रुपैयाँ भएको छ। दोस्रो धेरै कारोबार हुने कम्पनीमा ङादी ग्रुप पावरको ३२ करोड ५२ लाख रुपैयाँ र तेस्रो बन्दीपुर केबलकारको १५ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ।

यो दिन बजारमा ३ वटा कम्पनीले लगानीकर्तालाई उच्च रिटर्न दिएका छन्। आज उच्च प्रतिफल दिने कम्पनीहरुमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जी रहेका छन्। स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको शेयरभाउमा १० प्रतिशत र झापा इनर्जीको शेयरभाउमा करिब १० प्रतिशतको बढोत्तरीका साथै सकारात्मक सर्किट लागेको छ।

आज बंगुल हाइड्रोका शेयरधनीले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ साढे ८ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS