IME Life New

भारतः बीमाको रु. २ करोड हडप्न बुवाकै योजनामा छोराको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको रकमका लागि भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लाको बहजोईमा एक व्यक्तिले आफ्नै छोराको हत्या गराएको खुलेको छ।

बहजोईका २४ वर्षीय अनिकेत शर्माको हत्या उनकै बुवा बाबुराम शर्माले गरेको खुलेकोहो। यसको उद्देश्य ठूलो बीमा रकम हडप्नु थियो। जब प्रहरी अनुसन्धानले यो चकित पार्ने सत्य खुलासा गर्यो तब सबैजना स्तब्ध भए।

Esewa
Crest

गत नोभेम्बर १६ को राति मुरादाबादको कुण्डार्की प्रहरीचौकी क्षेत्रको जैतपुर गाउँमा खेत नजिकै एक युवकको शव फेला परेको थियो। प्रहरीले प्राप्त गरेको पोस्टमार्टम रिपोर्टले हत्याको पुष्टि गर्यो। तर, सबैभन्दा चकित पार्ने तथ्य यो थियो कि अनिकेतका बुवा बाबुरामले हत्याको योजना बनाएका थिए।

बाबुरामले छोराको मृत्युलाई दुर्घटना भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरे। यहीँबाट प्रहरीलाई शंका लाग्यो। अनुसन्धान अगाडि बढ्दै जाँदा अनिकेतको नाममा भारु २ करोड ५ लाखको दुर्घटना बीमा निकालिएको पत्ता लाग्यो। बाबुरामका साझेदार तथा वकिल आदेश कुमार यो बीमा पोलिसीको पछाडिको मुख्य योजनाकार साबित भएका छन्।

केही समयपहिले बाबुराम पुरानो मुद्दामा जेल परेका थिए। जुलाईमा सजाय भोगेर रिहा हुँदा वकिल आदेशले उनलाई भने कि अनिकेतको बीमाबाट लाखौँ रुपैयाँ प्राप्त गर्न सकिन्छ तर उनलाई मार्नै पर्छ। लोभमा परेर बुवा बाबुरामले आफ्नै छोराको हत्याका लागि रामपुरको शाहाबाद क्षेत्रका असलम उर्फ सुल्तानलाई भारु ३ लाख ५० हजार दिने सम्झौता गरे।

सुल्तानले तहब्बुर मेवाती र साजिद मेवातीसँग मिलेर हत्याको योजना बनाए। योजनाअनुसार बाबुरामले स्थानीय विजयपालसँग मिलेर अनिकेतलाई बाइकमा गंगा एक्सप्रेसवे अन्डरपासमा लगे। त्यहाँ पहिले नै तीनजना उपस्थित थिए। त्यसपछि उनीहरुले अनिकेतलाई रक्सी खुवाएर मुरादाबादको जैतपुर गाउँ लगे। जहाँ उनीहरुले फलामको रडले आक्रमण गरेर अनिकेतको हत्या गरे। शवलाई दुर्घटना जस्तो देखाउन खेतमा फालिएको थियो।

ग्रामीण प्रहरी अधीक्षक कुँवर आकाश सिंहका अनुसार विस्तृत अनुसन्धानपछि बाबुराम शर्मा, असलम उर्फ सुल्तान, तहब्बुर मैवती र साजिद मैवतीलाई पक्राउ गरी जेल पठाइएको छ। फरार अधिवक्ता आदेश कुमार र विजयपालको खोजी जारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS