IME Life New

‘जेन जी’ आन्दोलनले ह्वात्तै बढ्यो निर्जीवन बीमकको दाबी, अझै आधा खर्ब दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ को कार्तिक मसान्तसम्ममा दाबी भुक्तानी रकममा ३८.२९ प्रतिशतको वृद्धि भएको छ।

‘जेन जी’ आन्दोलनका क्रममा भएको क्षतिको दाबीका कारण भुक्तानीवापतको रकम बढेको हो।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणको प्रकाशन ‘बीमा प्रतिबिम्ब’ मा प्रकाशित विवरण अनुसार,यो अवधिमा निर्जीवन बीमकले रु ७ अर्ब ६७ करोड ११ लाख भुक्तानी गरेका छन् ।

साउनदेखि कार्तिक मसान्तसम्मा निर्जीवन बीमकबाट कुल ४२ हजार ७९ वटा दाबी भुक्तानी भएको छ । संख्यात्मक हिसाबले गत आ.व.को सोही अवधिको तुलनामा दाबी भुक्तानी संख्यामा ४.२७ प्रतिशतले वृद्धि भएको छ।

अझै, १ लाख ८ हजार ७५७ वटा दाबी संख्या अन्तर्गत कुल रु ५० अर्ब ५५ करोड ८ लाख दाबी वापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

भुक्तानी गर्न बाँकी दाबीमा जल विद्युत आयोजना, कन्ट्राक्टर अल रिस्क (ठेकेदारको सबै जोखिम),  मोटर बीमा र सम्पत्ती बीमावापतको दाबी उल्लेख्य संख्यामा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS