IME Life New

विभिन्न कार्यक्रम गरी रिलायन्स फाइनान्सले मनायो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त संस्था रिलायन्स फाइनान्स पन्ध्रौं बर्ष पूरा गरि सोह्रौं बर्षमा प्रवेश गरेको छ । संस्थाले केन्द्रीय कार्यालय सहित न्यूरोड काठमाडौं, सितापाईला काठमाडौं ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

संस्थाको १६औं बार्षिकोत्सवको अवसरमा संस्थाले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत संस्थाले बालाजु काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरी सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ६ गोसाइँस्थान स्थित संस्कृत भाषा निःशुल्क रुपमा अध्यापन गराउने नैमिषारण्य संस्कृत गुरुकुलममा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी तथा मसलन्द सामानहरु वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

Esewa
Crest

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई E Banking, SCT Network ATM विभिन्न रेमिटेन्स सेवाहरु , सी आस्वा (C –ASBA) , IPS , Connect IPS  सेवा,ABBS सेवा,Electronic Cheque Clearing (ECC),  SMS Banking,  Mobil Banking , SCT MoCo (Sajilo Payments, Sajilo Life apps) समेतका सेवा प्रदान गर्दे आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS