IME Life New

हालसम्म ८ वटा विकास बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को लागि हालसम्म ८ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत विकास बैंकमध्ये हालसम्म सांग्रिला डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेका हुन् ।

मितेरी डेभलपमेन्ट बैंक
बैंकले आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बैंकले नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । बैंकले मंसिर ६ गते साधारणसभा सम्पन्न गरिसकेको छ ।

Crest

गरिमा विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा बैंकले ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले आफ्नो १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार सम्पन्न गरिसकेको छ ।

मुक्तिनाथ विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १८ दशमलव २ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १३ दशमलव ५३ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ४ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले कात्तिक १५ गते साधारण सभा सम्पन्न गरिसकेको छ ।

कामना सेवा विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये बैंकले ३ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

महालक्ष्मी विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १० दशलमव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये बैंकले ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ५ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

ग्रिन डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ दशमलव ४६२७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ८ दशमलव ०३९६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ४२३१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

सांग्रिला डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १० दशमलव ३५८३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ५ दशमलव ३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS