IME Life New

भारतले हटायो ठूला नोटको प्रतिबन्ध, नेपालमा कारोबार गर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतले नेपालमा ठूला दरका भारतीय नोट चल्ने बाटो खोलिदिएको छ। यद्यपि नेपाल राष्ट्र बैंकले भारतीय निर्णयलाई समायोजन हुनेगरी सूचना निकालेपछि मात्रै यो निर्णय कार्यान्वयनमा आउनेछ। भारतीय रिजर्भ बैंक ९आरबीआई०ले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशन गर्दै अबदेखि नेपालमा ठूलो दरका भारतीय नोटको कारोबारमा रहेको प्रतिबन्ध हटाएको हो।

यससँगै भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाने यात्रुले एक सय रूपैयाँभन्दा ठूला दरका भारती नोट साथमा बोक्न पाउने भएका छन् । यसअघि सन् २०१६ मा भारतमा डिमनिटाइजेसन भएपछि दुई देशबीच आवातजावत गर्दा १०० भन्दा ठूला दरका भारतीय नोट बोक्नु गैरकानुनी थियो ।

Esewa
Crest

विदेशी मुद्रा प्रबन्ध (करेन्सी निर्यात तथा आयात) संशोधन विनियमावली २०२५ जारी गर्दै भारतीय केन्द्रीय बैंकले भारतबाहिर नेपाल र भुटानलाई भारतको मुद्रा र रिजर्व बैंकको भारतीय नोट (१०० मूल्यदेखि माथिका नोटबाहेक) लैजान र ल्याउन सक्ने व्यवस्था गरेको छ।

संशोधित व्यवस्थाअनुसार भारतबाहिर नेपाल वा भुटान यात्रामा जानेले भने भारु १०० भन्दा बढी मूल्यका नोट २५ हजार भारुसम्म लैजान पाउनेछन् भने नेपाल र भुटानबाट भारतमा भारुतीय नोट ९१०० मूल्यमाथिका नोट छोडेर० ल्याउन सक्ने व्यवस्था गरिएको छ। नेपाल वा भुटानबाट भारत यात्रामा आउने व्यक्तिले भने १०० भारुभन्दा बढी मूल्यका ठूला नोट २५ हजार भारुसम्म भारत ल्याउन पाउनेछन्।

नेपाल वा भुटानका नोटहरू भारतबाहिर नेपाल वा भुटानमा लैजान सकिनेछ। त्यसैगरी नेपाल र भुटानबाट पनि ती नोटहरु भारतमा ल्याउन सकिने भएको छ। पछिल्लो व्यवस्था पाकिस्तान वा बंगलादेशका नागरिकलाई भने दिइएको छैन। यसअघि नेपालमा ठूला भारतीय नोटको कारोबार गर्न नपाइने व्यवस्था गरिएको थियो। नेपाल राष्ट्र बैंकले पनि यस्तै व्यवस्था गरेपछि पछिल्लो व्यवस्था कार्यान्वयनमा आउनेछ भने भारत जाने र भारतबाट नेपाल आउने पर्यटक र श्रमिकलाई फाइदा पुग्नेछ।

पछिल्लो समय भारतमा दुई हजार दरको नोट पनि चलनचल्तीमा रहेको छ। भारतले नेपालमा ठूला दरका नोटहरू चलाउन अनुमति दिएपछि नेपाली मुद्रा बजारमा अबदेखि दुई हजार दरको भारतीय नोट पनि सहजरूपमा चल्न सक्नेछ। आरबीआईले ठूला दरका नोट भारतबाट ल्याउन वा भारत लैजान दिए पनि नेपाली बजारमा ती नोट चल्ने भने छैनन् ।

भारतको यो निर्णयले नेपाली नागरिकले भारू २०० वा ५०० का नोट साथमा राख्न, भारत जाँदा वा आउँदा बोक्न पाउनेछन् । ती नोट बैंक तथा वित्तीय संस्थामा गएर साट्न पाइनेछ । तर, बजारमा सामान किनबेच गर्न भने पाइने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS