काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३६ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

















