काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ५२ अ.कले घटेर २,६३१ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ५ अर्ब २३ करोडको शेयर कारोबार हुँदा सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















